ad ad

राजनीति


गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्या सामान्य हो : प्रधानमन्त्री देउवा

गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्या सामान्य हो : प्रधानमन्त्री देउवा

नेपालखबर
असार २१, २०७९ मंगलबार १२:३९, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौँमा आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रम सम्बोधन गर्दै उनले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्य रुपमा लिनुपर्ने बताए।

कांग्रेस सभापतिसमेत रहेका देउवाले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्यालाई सामान्य रुपमा लिन पर्नेमा जोड दिए। ‘धनराजजीहरुले पनि भन्नुभयो, 'गठबन्धनमा समस्या आयो। एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै यसलाई समान्य रुपमा लिनुपर्छ,’ उनले भने, ‘तपाईहरु प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ।’

मोरङको विराटनगरमा रहेको भवनलाई स्व. नेता गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको उनले बताए। संग्रहालय बनाउने कुरामा सरकारले सहयोग गर्ने पनि प्रधानमन्त्रीले प्रतिवद्धता जनाए।

‘मोरङ, विराटनगरमा एउटा उहाँको भवन छ त्यसलाई उहाँकै नाममा बनाउने कुरा छ। यो राम्रो हो, खुशीको कुरा हो। नेपालमा उहाँले आन्दोलन गरेको ठाउँमा भवन छ भने बनाउनु के आपत्तिको कुरा भयो ?,’ प्रधानमन्त्रीले भने, ‘हामी यसमा सहयोग र पहल गर्ने नै छौँ।’

प्रधानमन्त्री प्रधानमन्त्री देउवाले सधैँ जनताका लागि लडिरहने नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गर्न पाउँदा खुशी लागेको पनि बताए।

उनले स्व. नेता कोइरालाले दलहरुबीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने कुरा बारम्बार भनिरहने उल्लेख गर्दै आज पनि सहमति र सहकार्यको कुरा सान्दर्भिक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .