ad ad

राजनीति


गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ

नेपालखबर
असार २१, २०७९ मंगलबार १२:३९, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौँमा आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा उनले गठबन्धनरुपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने दाबी गरे। 

आगामी मंसिरपछि मात्रै सम्भवतः गठबन्धनरुपी विमानले सुरक्षित अवतरण गर्ने उपसभापति गुरुङको भनाइ थियो। उनले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरुले एकअर्काप्रति आरोप–प्रत्यारोप गर्न नहुनेमा जोड दिए। 

उपसभापति गुरुङले गठबन्धनमा रहेका दलहरुले कांग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजोगिने जिकिर पनि गरे।

‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौँ। जहाज उडिसकेको छ। आकाशमा छ,’ उनले भने, ‘तर ल्यान्डिङ भएको छैन। अब हामीले त्यो जहाजलाई सेफ ल्यान्डिङ कसरी गर्ने भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरुले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ।’

उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेके पुष्टि हुने पनि दाबी गरे।

उनले सधैँ देश गरीब बनाएर काम गर्न नहुने भन्दै सरकार सञ्चालनकर्ताले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .