ad ad

राजनीति


गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन सुजताकाे माग

गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन सुजताकाे माग

नेपालखबर
असार २१, २०७९ मंगलबार १२:५२, काठमाडौँ

नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेकी छन्।

मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा उनले विराटनगरको जुट मिलमा रहेको १४ कट्ठामा बनेको भवनलाई गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गरेकी हुन्।

उनले उक्त भवनमा अहिले पनि ऐतिहासिक सामग्रीहरु रहेको उल्लेख गर्दै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको बताइन्।

 नेतृ कोइरालाले संग्रहालय बनाउन सके नेपाली कांग्रेसका लागि ठूलो इतिहास बन्ने दाबी गरिन्।

उनले भनिन्,  ‘जुट मिलमा एउटा १४ कट्ठाको बिल्डिङ छ त्यसलाई म्युजियमको रुपमा बनाऔँ। त्यहाँ यस्ता सामग्रीहरु छन्, जुन आज कसैले पनि कतै ती सामग्री पाउनुहुन्न। विदेशबाट त्यो बेलामा ल्याएको सामग्री अहिलेसम्म त्यहाँ यथावत छ। हामीले म्युजियम बनायौँ भने यो नेपाली काँग्रेसको एउटा ठूलो इतिहास बन्न सक्छ । 

नेतृ कोइरालाले नेपाली कांग्रेसबाट प्रधानमन्त्री भइरहेको यो बेलामा संग्रहालय बनाउन सहज हुने र सरकारले सहयोग गर्नेमा आशावादी रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .