ad ad

राजनीति


सबै मन्त्रालयका सचिवलाई भृकुटीमण्डपमा उपस्थित हुन उर्दी

सबै मन्त्रालयका सचिवलाई भृकुटीमण्डपमा उपस्थित हुन उर्दी

नेपालखबर
असार २१, २०७९ मंगलबार १३:१२, काठमाडौँ

सबै मन्त्रालयका सचिवको मोबाइलमा एउटा अनौठो एसएमएस पठाइएको छ।

अहिले २५ मन्त्रालय छन् । ती सबै मन्त्रालयका सचिवलाई भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा भेला हुन एउटा एनजीओले मुख्यसचिवको पीए मार्फत् एसएमएस पठाएको हो।

नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने हवाला दिँदै प्रतिभा डबली कार्यक्रमको अन्तिम फाइनल छनौटमा अनिवार्य उपस्थित हुन सबै मन्त्रालयका सचिवलाई उर्दी गरिएको हो।

मेसेजमा २१ असार अर्थात आज दिउँसो १ बजे भृकुटीमण्डपमा उपस्थित हुन मुख्य सचिव शंकरदास वैरागीका स्वकीय सचिव गोकुल बस्नेतको नामबाट सबै मन्त्रालयका सचिवलाई उपस्थित हुन सन्देश पठाएका हुन्।

कार्यक्रमस्थलमा सचिवकाे कुर्ची लहरै खालि थिए। तस्बिर : विशाल कार्की

उनले सन्देशमा सचिव भनेरै सम्बोधन गरेका छन्।

नेपाल टेलिभिजनबाट प्रसारित भइरहेको प्रतिभा डबली कार्यक्रमको अन्तिम छनौट हुन लागेको हो। सचिवलाई पठाइएको मेसेज देखेर अख्तियारका कर्मचारीसमेत तीन छक्क परेको अख्तियारका एक कर्मचारीले नेपालखबरलाई बताए।

यस्तो छ एसएमएस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .