ad ad

राजनीति


खुमलटार बैठक : पदाधिकारी चयनको जिम्मा प्रचण्डलाई

खुमलटार बैठक : पदाधिकारी चयनको जिम्मा प्रचण्डलाई

फाइल तस्बिर


नेपालखबर
असार २१, २०७९ मंगलबार १३:२३, काठमाडौँ

नेकपा माओवादी केन्द्रले पदाधिकारी, स्थायी र पोलिटब्युराे चयन गर्ने भएको छ। 

मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकमा पदाधिकारी चयन गर्ने निर्णय गरिएको हो।

गत पुसमा आठौँ राष्ट्रिय महाधिवेशन गरेको माओवादीको अध्यक्षबाहेकका पदाधिकारी चयन हुन सकेको छैन।

१९ असारदेखि जारी तेस्रो केन्द्रीय समिति बैठकमा पदाधिकारी, स्थायी र पोलिटब्युराे चयन गर्नुपर्ने माग उठेपछि अध्यक्ष प्रचण्डले बैठक रोकेर कार्यालयको विस्तारित बैठक राखेका थिए।

‘आजको कार्यालयको विस्तारित बैठकले पदाधिकारी, स्थायी र पोलिटब्युराे समिति गठन गरेर जाने निर्णय गरेको छ,’ एक नेताले नेपालखबरसँग भने, ‘पदाधिकारीदेखि सबै निकायको नाम अध्यक्षले प्रस्ताव गर्नुहुनेछ।’

माओवादी केन्द्रको २२ असारमा फेरि केन्द्रीय समिति बैठक बस्दै छ। 

त्यही बैठकमा प्रचण्डले पदाधिकारी, स्थायी र पाेलिटब्युराे प्रस्ताव गर्नेछन्। 

माओवादी केन्द्रमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेगरी पदाधिकारी गर्ने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .