राजनीति


अर्थमन्त्री विवाद समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न कांग्रेस उपसभापति खड्काको माग

अर्थमन्त्री विवाद समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न कांग्रेस उपसभापति खड्काको माग

नेपालखबर
असार २२, २०७९ बुधबार ९:०, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विषयमा जारी विवाद संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने बताएका छन्। 

याे पनि ​: अर्थको अनर्थ :  बजेट बनाउँदाको सीसीटीभी फुटेज १३ दिनमै डिलिट!

अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरू उठेका छन्। उनको राजीनामा माग भइरहेको छ। 

यसै सन्दर्भमा कांग्रेस उपसभापति खड्काले अर्थमन्त्री शर्माको नाम नलिईकन उनीबारे लागेका आरोपबारे यथार्थ कुरा सार्वजनिक गर्न माग गरेका हुन्।      

‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ’, उपसभापति खड्काले बुधबार बिहान  ट्विट गरेका छन्, ‘विगतमा पनि संसदको यस्तो परम्परा छ। बरु ढिलो नगरौं आजै टुंगो लगाऊँ।’ 

यसअघि नेपाली कांग्रेसकै महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .