राजनीति


यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनेछ : प्रचण्ड

यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनेछ : प्रचण्ड

नेपालखबर
असार ३२, २०७९ शनिबार १३:४२, काठमाडौँ

भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आफूले भ्रमण गरेको बताएका छन्। 

शनिबार भारत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा न्युज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताए।

उनले करिब तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको दोहोर्याए। आफ्नो भारत भ्रमण सद्भावना भ्रमण
रहेको उल्लेख गर्दै नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने बताए। 

‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख (अध्यक्ष) को निमन्त्रणामा भएको हो। दुई देशको सम्बन्धलाई अझ बलियो र

सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो’, प्रचण्डले भने, ‘कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन। समग्रमा नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो। यो भ्रमण आकस्मिक होइन, दुई÷तीन महिनाअघिदेखि यसमा छलफल भइरहेको थियो।’

अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो भारत प्रस्थान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .