ad ad

राजनीति


अमेरिकी विशेष दूत पाँच दिने नेपाल भ्रमणमा

अमेरिकी विशेष दूत पाँच दिने नेपाल भ्रमणमा

नेपालखबर
साउन २४, २०७९ मंगलबार २०:३६, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनकी लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला हेर्ने विशेष दूत जेसिका स्टर्न मंगलबार काठमाडौँ आएकी छन्। 

स्टर्न पाँच दिन नेपाल भ्रमणमा रहने अमेरिकी दूतावासले जनाएको छ। यहाँ रहँदा उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नेता र नागरिक समाजका प्रतिनिधी लगायतसँग भेट्ने कार्यक्रम छ।

उनले काठमाडौंमा हुने एउटा कन्सर्टमा पनि सहभागिता जनाउने छिन्। 

स्टर्न जुन २०२१ यता उक्त जिम्मेवारीमा छन्। अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले पहिलोपटक सन् २०१५ मा लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला हेर्ने विशेष दूतको नियुक्तिकाे अभ्यास शुरु गरेका थिए।

उक्त पदमा नियुक्त हुने पहिलो ब्यक्ति र्‍यान्डी बेरी थिए, जो नेपालका लागि सन् २०१८ देखि २०२२ सम्म राजदूतका रुपमा काम गरे।

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका हकहितबारे अमेरिकाले विश्वका विभिन्न देशमा अभियान चलाइरहेको छ। नेपालमा पनि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई अमेरिकाको सहयोग रहँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .