राजनीति


जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन मन्त्री बस्नेत स्पेन उडे

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन मन्त्री बस्नेत स्पेन उडे

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ३:५९,

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २५) मा सहभागी हुन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत स्पेन प्रस्थान गरेका छन्। 

स्पेनको म्याड्रिडमा सुरु कोप २५ मा सहभागी हुन मन्त्री बस्नेत नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति हवाई यात्रामार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्। 

कोपको विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ।

म्याड्रिड उड्नुअघि मन्त्री बस्नेतले नेपालले यसपटक हिमालयहरूमा हिउँ पग्लनले क्रम तीव्र रूपमा बढेको र त्यसले विश्व तापमानमा पारेको नकारात्मक प्रभावका विषयमा सभाको ध्यानाकर्षण गराउने जानकारी दिए। साथै त्यसबाट उत्पन्न विषम परिस्तिथि सामना गर्नाका लागि योजना तय गर्ने प्रस्ताव पनि राख्ने उनले बताए।

यस्तै सम्मेलनमा नेपालले अधिक कार्बन उत्सर्जन गरिरहेका विकसित मुलुकहरूले नेपालजस्ता जलवायु परिवर्तनमा कम योगदान भएर पनि अति प्रभावित गरिब तथा तेस्रो मुलुकले क्षतिपूर्ति स्वरूप पाउनुपर्ने ‘ग्रिन क्लाइमेट फन्ड’ (हरित जलवायु कोष) उपलब्ध गराउन लबिङ गर्नेछ।

यसअघि दक्षिण अमेरिकी मुलुक चिलीको सान्टियागोमा गर्ने भनिएको कोप–२५ त्यहाँको सरकारले विषम राजनीतिक परिस्थितिका कारण व्यवस्थापन गर्न अक्षम रहेको बताएपछि स्पेन सारिएको हो।

मंसिर १६ मा सुरु भएर २७ सम्म चल्ने सम्मेलनमा विश्वका १ सय ९७ मुलुकका राष्ट्र तथा सरकार प्रमुख, वातावरणमन्त्री साथै जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील संघ÷संस्थाका प्रतिनिधि सहभागी छन्।

मन्त्री बस्नेत सम्मेलनमा सहभागी भएर मंसिर २९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad