ad ad

राजनीति


युवालाई स्वदेशमै राख्न शैक्षिक बेरोजगारी हटाउन लागेका छौँ : प्रधानमन्त्री

युवालाई स्वदेशमै राख्न शैक्षिक बेरोजगारी हटाउन लागेका छौँ : प्रधानमन्त्री

नेपालखबर
साउन २७, २०७९ शुक्रबार १४:११, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। 

शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। 

उनले युवा वर्गमा मुलुक भित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको पनि बताएका छन्। 

प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिहरूको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताएका छन्। 

उनले सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवर्द्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकास लगायत क्षेत्रमा काम गर्दै आएको बताएका छन्।

‘मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिवद्ध हुनुपर्ने आवश्यक छ। सरकारी तहबाट युवा केन्द्रित गतिविधिको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार रहेको युवा परिषदले पाएको छ।  यसले युवा उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवर्द्धन,विकास निर्माणमा युवा सहभागिता,युवा वर्गको नेतृत्व विकास  र युवा स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। यसलाई आगामी दिनमा अझ प्रवर्द्धन गरी बढी भन्दा बढी युवालाई सहभागिता गराउन आवश्यक छ', उनले भने, 'युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीविकोपार्जन गर्नसक्ने बनाउन खाँचो छ। त्यसका लागि अन्तर पुस्ता सीप ध्यान हस्तान्तरण लगायत कार्य थप प्रभावकारी बनाउनु पर्ने छ।’

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको बताएका छन्। 

उनले युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीविकोपार्जन गर्नसक्ने बनाउनुपर्ने बताए। 

देउवाले युवालाई विकास निर्माणमा सहभागिता गराउन अन्तर पुस्ता सीप हस्तान्तरण लगायतका कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .