ad ad

राजनीति


ओली र लिङ्देनबीच बालकोटमा भेटवार्ता, सहकार्यको संभावना खोजी

ओली र लिङ्देनबीच बालकोटमा भेटवार्ता, सहकार्यको संभावना खोजी

नेपालखबर
साउन २८, २०७९ शनिबार ११:१६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। स्रोतका अनुसार शुक्रबार एमाले अध्यक्ष ओलीलाई भेट्न लिङ्देन बालकोट पुगेका थिए। 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा उनीहरुबीच छलफल भएको स्रोतले जानकारी दिएको छ। 

पाँच दलीय सत्ता गठबन्धन एकातिर हुँदा एमाले र राप्रपाबीच सहकार्यको संभावनाको खोजी भएको स्रोतले दाबी गरेको छ। ‘दुवै पक्षबाट संभावनाको खोजी भएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘चुनावी तालमेल हुनपनि सक्छ।’

०७४ मा वाम गठबन्धनले लिङ्देनलाई समर्थन गरेको थियो। उनी झापा–३ बाट निर्वाचित भएका थिए। 

राप्रपा प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले भने चुनावी सरगर्मी बढेको बेलामा नेताहरुबीच भएको भेटघाट कुनै नौलो नभएको बताए। ‘चुनावी सरगर्मी बढेको छ, शीर्ष नेताहरुबीचको भेटघाट कुनै नौलो होइन्,’ श्रेष्ठले भने, ‘यो सकारात्मक कुरा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .