ad ad

राजनीति


भदौ ५ गतेभित्र उजुरी दिन मिटरब्याज पीडितलाई गृह मन्त्रालयको आग्रह

भदौ ५ गतेभित्र उजुरी दिन मिटरब्याज पीडितलाई गृह मन्त्रालयको आग्रह

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०७९ शनिबार १३:५६, काठमाडौँ

गृह मन्त्रालयले मिटरब्याज पीडितहरुलाई उजुरी दिन आग्रह गरेको छ। 

शनिबार एक सूचना जारी गर्दै मन्त्रालयले आगामी भदौ ५ गतेभित्र यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनेको हो। 

‘मिटरब्याजीले गरेका अपराध र शोषण विरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा मिति २०७९/०५/०५ भित्र यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

आर्थिक अपराधीहरूलाई कानुनको दायरामा ल्याएर कारबाही गर्ने प्रक्रिया चलिरहेको मन्त्रालयले बताएको छ। 

‘आर्थिक अपराधीहरूलाई कानूनको दायरामा ल्याई कारवाही गर्ने प्रकृया पनि चलिरहेको छ तर पनि अझै धेरै पीडितहरूले आफ्नो पीडा सार्वजनिक गर्न वा कानूनी उपचारको लागि पहल गर्न नसकेको अवस्था छ।’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

गत २७ साउनमा मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल गठन भएको थियो। 

कार्यदल गठन भएको एक घण्टाभित्रै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौं माइतिघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको ‘मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समिति’ सँग समेत वार्ता भएको मन्त्रालयले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .