राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ३० र ३१ गतेका लागि राप्रपा नेपालले केन्द्रीय समिति बैठक बोलाएको हो।
राप्रपा नेपालले केन्द्रीय समिति बैठकमा पेस गरिने कार्यपत्र, प्रतिवेदनहरु माथि छलफल गरिरहेको छ।
पार्टी कार्यालय विशालनगरमा सचिवालय बैठक बोलाएर केन्द्रीय समिति बैठकमा पेस गरिने कार्यपत्र, प्रतिवेदनहरु माथि छलफल भइरहेको राप्रपा नेपालले जनाएको छ।
पार्टीको सचिवालय बैठक उपाध्यक्ष जयकुमार खड्काको अध्यक्षतामा बसेको छ।
साउन २८, २०७९, शनिबार
21
Shares
प्रतिक्रिया