ad ad

राजनीति


जनता एमालेलाई बहुमत दिन दृढ छन्, गठबन्धन अत्तालियो : ओली

जनता एमालेलाई बहुमत दिन दृढ छन्, गठबन्धन अत्तालियो : ओली

नेपालखबर
साउन २८, २०७९ शनिबार १६:५९, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेको बहुमत आउन नदिन सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताएका छन्। 

लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले जति प्रयास गरे पनि जनता एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन दृढ रहेको दाबी गरे। 

एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आमजनता दृढ रहेको अध्यक्ष ओलीको जिकिर थियो।

‘म जहाँ जान्छु, जहाँ पुग्छु, जुन भेगका जनतासँग भेट्छु, अन्तरक्रिया गर्छु, कुराकानी गर्छु, संवाद गर्छु,’ उनले भने, ‘म त्यहाँ देख्छु–जनता समृद्ध नेपाल सुखी नेपाली बनाउनका निम्ति कृत संकल्पित छन्। जनता दृढ अठोटका साथ अघि बढेका छन्।’

सेना र प्रहरीसमेत एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढ्छ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै उनले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागि रहेको आरोप लगाए। 

‘पाँच दलीय गठबन्धन कहिले आठ दलीय गठबन्धन बनाउने, कहिले के बनाउने भनेर कुदिराखेका छन्। यो गठबन्धन किन बनाउनु पर्यो?,’ उनले भने, ‘यति साह्रो गठबन्धन किन बनाउन पर्यो। यो गठबन्धन, सठबन्धन सबै एमालेलाई बहुमतबाट रोक्नका लागि हो।’ 

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले विजयी हुनैपर्ने दोहोर्याए। देशलाई माथि उठाउनका लागि एमालेको विकल्प नभएको उनको तर्क थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .