ad ad

राजनीति


गठबन्धन डर र कर दुवै : रामचन्द्र पौडेल

गठबन्धन डर र कर दुवै : रामचन्द्र पौडेल

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०७९ आइतबार ९:१६, काठमाडौँ

नेपाली कांग्रेसका नेता वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन डर र कर दुवै भएको बताएका छन्।

चितवनको भरतपुर विमानस्थलमा आइतबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता र बाध्यता दुवै भएको धारणा राखेका हुन्। 

‘गठबन्धन डर र कर दुवैको हो’, पत्रकारको प्रश्नमा जवाफ दिँदै पौडेलले भने, ‘हामीले गठबन्धन नगरे अरू दलले गर्छन्।’

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेका छन्। त्यसका लागि सिट बाँडफाँड गर्ने कार्यदल गठन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .