ad ad

राजनीति


हृदयेश त्रिपाठी भन्छन् : नागरिकताबारे राष्ट्रपतिको सन्देश निबन्धजस्तो

हृदयेश त्रिपाठी भन्छन् : नागरिकताबारे राष्ट्रपतिको सन्देश निबन्धजस्तो

नेपालखबर
भदौ २, २०७९ बिहिबार १३:३४, काठमाडौँ

संघीय सांसद हृदयेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा पुनर्विचार गर्न भन्दै पठाएको सन्देशलाई निवन्ध भनेका छन्। 

राष्ट्रपतिले फिर्ता गरेपछि संसदमा पेश भएको नागरिकता विधेयक २०७९ माथि बिहीबार भएको छलफलमा भाग लिँदै त्रिपाठीले यसो भनेका हुन्। 

राष्ट्रपतिले पठाएको सन्देशमा संविधानविपरीत भनिएका कुनै पनि विषय उल्लेख नै नभएको उनले जिकिर गरेका छन्। 

‘राष्ट्रपतिले पठाएको सन्देशमा नागरिकता विधेकका कुन दफा संविधानविपरीत छ, उल्लेख गरिएको छैन', उनले भने, 'संविधानअनुसार कुनै पनि बुँदा अमान्य नपाइएकाले राष्ट्रपतिको सन्देश निवन्ध जस्तो छ।’

त्रिपाठीले आमाबुवा नेपाली नागरिक हुँदा उनीहरुका सन्तानलाई जन्मको आधारमा नागरिकता दिन रोक्न नहुने पनि बताए। 

'राष्ट्रिय सहमति गाँजरको बासुरी जस्तो मन लाए बजाइदिने, मन लागे खाइदिने हुँदैन', उनले भने, 'लैंगिक समानता खोजिएको भए संविधान कार्यान्वयन आजको आवश्यकता हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .