ad ad

राजनीति


नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न जरुरी : डिला संग्रौला

नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न जरुरी : डिला संग्रौला

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०७९ बिहिबार १३:५७, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले नागरिकता विधेयक जतिसक्दो चाँडो प्रमाणीकरण भएर कानुनका रुपमा कार्यान्वयन हुन जरुरी रहेको बताएकी छन्। 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको नागरिकता विधेयकमाथिको छलफलका क्रममा उनले जतिसक्दो चाँडो प्रमाणीकरण भएर कानुनका रुपमा कार्यान्वयन हुन जरुरी रहेको बताएकी हुन्। 

‘संविधान राजनीतिक दस्तावेज हो। नागरिकलाई देशसँग जोड्ने कुरा नागरिकता हो। संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित गर्ने परिकल्पना पनि गरेको छैन,’ सांसद संग्रौलाले भनिन्, ‘कुनै पनि नागरिकलाई नागरिकताविहीन बनाउन पाइँदैन। जतिसक्दो छिटो यो विधेयक प्रमाणीकरण भएर कानुनको रुपमा कार्यान्वयन हुन जरुरी छ।’

प्रतिपक्षी नेकपा एमालेले सत्तामा हुँदा एउटा र सत्ताबाहिर हुँदा अर्को कुरा गरेर नागरिकलाई अनागरिक बनाएको उनको आरोप थियो। लामो समयदेखि नागरिकता सम्बन्धी कानुन बन्न नसक्दा लाखौंले नेपाली नागरिक नागरिकताबाट बन्चित हुनु परेको भन्दै संग्रौलाले नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित हुनु गर्वको कुरा भएको पनि बताइन्। 

उनले भनिन्, ‘तर, बिडम्बना सम्माननीय राष्ट्रपतिज्यूले प्रमाणीकरण गरेर कानुनको रुपमा पठाउनुपर्नेमा फिर्ता पठाउनु दुःखको कुरा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .