राजनीति


एमालेको निर्णयले यी ३० नेता फेरि समानुपातिक सांसद बन्न पाउँदैनन्

एमालेको निर्णयले यी ३० नेता फेरि समानुपातिक सांसद बन्न पाउँदैनन्

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०७९ आइतबार १५:२७, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठकबाट मंसिर ४ गते हुने निर्वाचलक्षित दुईवटा निर्णय अहिले चर्चामा छन्। 

पहिलो-यसअघि समानुपातिकमा सांसद भएकालाई नदोहार्‍याउने।

दोस्रो-राष्ट्रिय सभाका सांसद र स्थानीय तह चुनावमा पराजितलाई पनि टिकट नदिने।

शनिबार (११ भदौ) मा बसेको केन्द्रीय कमिटी बैठकबाट पारित निर्णयबारे एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको तर्क थियो-समानुपातिक मत पार्टीको लोकप्रियताबाट प्राप्त हुन्छ। त्यसका लागि सिंगो पार्टीपंक्तिको योगदान हुने भएकोले सबैले अवसर पाउनुपर्छ भन्ने हो।

‘समानुपातिक मत सामूहिक कमाइ हो, तसर्थ समानुपातिकतर्फको बन्दसूची बनाउँदा सबै मिलेर कमाउने र दामासाहीमा वितरणमा ध्यान दिनुपर्छ। हामीले यसपटकको चुनावमा त्यसलाई पालना र कार्यान्वयन गर्छौँ’, गुरुले भनेका थिए। 

एमालेले स्थानीय तहमा निर्वाचित भएकालाई राजीनामा दिएर संघीय तथा प्रदेशसभाको सांसद पनि नबनाउने प्रस्तावसहितको मापदण्ड पारित गरेको छ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकतर्फ  एमालेका ४१ सांसद चुनिएका थिए।

त्यसमध्ये ११ सांसदले गत वर्ष साउनमा माधवकुमार नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए।

अहिले एमालेसँग ३० जना समानुपातिक सांसद छन्। यदि एमाले केन्द्रीय समितिबाट पारित मापदण्ड कडाइसाथ लागू गरायो भने यी ३० जना आगामी पाँच वर्षका लागि समानुपातिक सांसद बन्न पाउने छैनन्।

तर, उनीहरुलाई प्रत्यक्ष चुनाव लड्ने अवसरको ढोका भने खुल्लै छ।

यी हुन फेरि सांसद बन्न नपाउने ३० नेता

१.   विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)

२.    मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)

३.    मोतीलाल दुगड (मधेसी/पुरुष)

४.    थममाया थापा (आदिवासी जनजाति/महिला)

५.  डा. शिवमाया तुम्वाहाङ्फे (आदिवासी जनजाति/महिला)

६.    सुजिता शाक्य (आदिवासी जनजाति/महिला)

७.    बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)

८.    तुलसा थापा (आदिवासी जनजाति/महिला)

९.    नवीना लामा (आदिवासी जनजाति/महिला)

१०.  शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)

११.  कुमारी मेचे (आदिवासी जनजाति/महिला)

१२.  रेखाकुमारी झा (मधेसी/महिला)

१३.  राधा कुमारी ज्ञवाली (खसआर्य/महिला)

१४.  बिन्दा पाण्डे (खसआर्य/महिला)

१५.  गोमा देवकोटा (खसआर्य/महिला)

१६.  सानु शिवा (दलित/महिला)

१७.  निरुदेवी पाल (खसआर्य/महिला)

१८.  मनकुमारी जिसी (खसआर्य/महिला)

१९.  मायादेवी न्यौपाने (खसआर्य/महिला)

२०.  विष्णु शर्मा (खसआर्य/महिला)

२१.  सरिता न्यौपाने (खसआर्य/महिला)

२२.  मैनाकुमारी भण्डारी (खसआर्य/महिला)

२३.  तीर्था गौतम (खसआर्य/महिला)

२४.  शान्ता चौधरी (थारु/महिला)

२५.  सरिताकुमारी गिरी (मधेसी/महिला)

२६.  गंगा चौधरी (सत्गौवा) (थारु/महिला)

२७.  विमला विश्वकर्मा (दलित/महिला)

२८.  विमला विक (दलित/महिला)

२९.  आशाकुमारी विक (दलित/महिला)

३०.  जुलीकुमारी महतो (मधेसी/महिला)

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले केन्द्रीय समितिको मापदण्डअनुसार ३० जनाले फेरि समानुपातिकको बाटो बन्द भएको बताए।

‘स्थानीय निर्वाचनमा उम्मेदवार भएका र राष्ट्रिय सभाको बहालवाला सदस्य पनि यसपटक प्रतिनिधि सभाको चुनावको उम्मेदवार बन्न पाउनुहुन्न,’ भट्टराईले नेपालखबरसँग भने, ‘समानुपातिक ३० जनाले अब त्यो अवसर पाउनुहुन्न। तर, प्रत्यक्ष चुनाव लड्न दिन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .