नेकपा (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पाँच जना नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न केहीबेर अघि शीतल निवास पुगेका छन्।
विवादित नागरिकता विधेयकलाई राष्ट्रिय सभाले पारित नगरी विधायन समितिमा पठाइदिएपछि सत्तारुढ दलले राष्ट्रपतिसँग छलफल गरिरहेका छन्।
यसअघि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले पनि नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिलाई भेटिसकेका छन्।
केहीबेर अघि प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा तथा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन पनि शीतल निवास पुगेका छन्।
702
Shares

प्रतिक्रिया