नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेका पक्षमा देशभर जागरण आएको बताएका छन्।
एमाले कञ्चनपुरले महेन्द्रनगर स्मारकमा बुधबार गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनसँग जनता नभएको टिप्पणी गरे।
‘देशमा जनजागरण आएको छ, माथि माथिका नेता गठबन्धनमा छन्, जनता एमालेमा छन्,’ उनले भने, ‘पार्टीका कार्यकर्ताहरु, देश बनाउनु पर्छ भन्नेहरु एमालेको पक्षमा छन्, एमालेले जिते मात्रै देश बन्छ।’
आगामी चुनावमा गठबन्धनले जिते देशले हार्ने उनको टिप्पणी थियो। लोकतान्त्रिक आचरण अभ्यास गर्ने पार्टी नेकपा एमाले मात्रै भएको ओलीको दाबी थियो।
‘सत्ता प्राप्तिका लागि मात्रै गठबन्धन बनेको हो, जनताले धेरै आशा गर्ने ठाउँ छैन’ उनले भने, ‘गठबन्धनले जिते देश हार्छ, एमालेले जिते देश जित्छ ।’
138
Shares

प्रतिक्रिया