ad ad

राजनीति


काठमाडौं ८ बाट उठ्न नवीन्द्र पत्नी सपनाले दिइन् पार्टीमा आवेदन

काठमाडौं ८ बाट उठ्न नवीन्द्र पत्नी सपनाले दिइन् पार्टीमा आवेदन

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १८:४३, काठमाडौँ

नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीकी धर्मपत्नी सपना राजभण्डारी जोशीले इच्छुक भएको निर्वाचन क्षेत्रबारे पार्टीमा आवेदन दिएकी छन्। 

क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेको थियो। त्यहीअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र  नम्बर  ८ बाट चुनाव लड्नेगरी सपनाले पार्टीमा आवेदन दिएकी हुन्।

उनको यसअघि पनि काठमाडौं महानगरको प्रमुख उम्मेदवारका रुपमा समेत चर्चा भएको थियो  यस क्षेत्रबाट नेता राजुराज जोशीलेपनि उम्मेदवार हुन पार्टीमा आवेदन बुझाएका छन्।

जोशी १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ८ बाट सर्वसम्मत महासमिति सदस्य चयन भएकी थिइन्। 

नेता नवीन्द्रराज जोशीसँग वैवाहिक जीवनमा गाँसिनुअघि उनी सक्रिय विद्यार्थी राजनीतिमा  थिइन्।

नवीन्द्र यही क्षेत्रबाट २०६४ र २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए।

०७४ को निर्वाचनमा उम्मेदवार बनेका जोशी ४४४ मतान्तरले वर्तमान पर्यटन मन्त्री जीवनराम श्रेष्ठसँग पराजित भएका थिए।

काठमाडौंभित्र राम्रो सांगठनिक पकड र निष्ठा इमानदारीपूर्वक राजनीति गर्ने नवीन्द्रको छवि सर्वप्रिय थियो। 

नविन्द्रको निधनपछि उनले सुरुवात गरेको घरदैलो कार्यक्रममा सपनाले निरन्तर सहभागिता जनाउँदै आएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .