राजनीति


सय दिनका १५ काम सार्वजनिक गर्दै सुनिता डंगोलले भनिन्– चुनौतीका पहाड छन्

‘गल्ती गर्ने र दोष अरुमाथि नै थुपारेर उम्किने छुट पटक्कै छैन’
सय दिनका १५ काम सार्वजनिक गर्दै सुनिता डंगोलले भनिन्– चुनौतीका पहाड छन्

नेपालखबर
भदौ २२, २०७९ बुधबार १०:४२, काठमाडौँ

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो एक सय दिनको काम सार्वजनिक गरेकी छिन्। 

सय दिनको काम सार्वजनिक गर्दै डंगोलले गल्ती गर्ने र दोष अरुमाथि नै थुपारेर उम्किने छुट पटक्कै नभएको बताएकी छिन्। 

साथै, उनले आफू नेकपा एमालेबाट निर्वाचित भएको र त्यसपछि महानगरवासीको साझा जनप्रतिनिधि भएको बताएकी छिन्। 

‘म नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेर उपप्रमुख पदमा निर्वाचित भएको कुरा विदितै छ,’ डंगोलले भनेकी छिन्, ‘हो, म कुनै एक पार्टीको उम्मेदवार थिएँ । तर, निर्वाचित भएपछि म काठमाडौँ महानगरवासी सबैको साझा जनप्रतिनिधिको हैसियतमा काम गरिरहेको छु र निरन्तर गरिरहने प्रण गर्दछु।’

डंगोलले सार्वजनिक गरेका १५ कामः
१) पूरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र  ५१ वटा विवादको किनारा 
२) फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल 
३) वडास्तरीय महिला सेल गठन 
४) सय दिन महानगरवासी सँगसँगै 
५) आर्थिक वर्ष ०७९÷८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार
६) मेलमिलापकर्ता छनौट प्रक्रिया 
७) मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास 
८) शिक्षा क्षेत्रमा सुधार
९) इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण 
१०) नेपालभाषाको डिजिटल शव्दकोष निर्माण कार्य
११) सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता 
१२) राजश्व परामर्श समितिको गठन र कार्यान्वयन 
१३) पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार 
१४) अपाङ्गता परिचयपत्र वितरण
१५) सहरी व्यवस्थापन
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad