ad ad

राजनीति


सभामुख सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलको शिष्टाचार भेट

सभामुख सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलको शिष्टाचार भेट

तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
भदौ २३, २०७९ बिहिबार ११:१, काठमाडौँ

नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ।

फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष Daniel Salmon नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहीवार बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो। 

भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरे।

सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गरेका हुन्।

उनले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिए।

भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष Daniel Salmon ले नेपालमा गरिएको आतिथ्यतामा लागि आभार व्यक्त गरे। उनले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिए।

उनले  नेपालले वातावरणको क्षेत्रमा गरेको काम सह्रानीय रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .