ad ad

राजनीति


देवी ज्ञवालीको आरोप– ओली बिरामी भएको बेलामा पार्टी नै कब्जा गर्नेगरी प्रचण्डले एकता गरेका थिए

देवी ज्ञवालीको आरोप– ओली बिरामी भएको बेलामा पार्टी नै कब्जा गर्नेगरी प्रचण्डले एकता गरेका थिए

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य देवी ज्ञवाली। तस्बिर : केपी शर्मा ओलीको सचिवालय


नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार ६:४९, काठमाडौँ

नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली बिरामी भएको बेलामाा पार्टी नै कब्जा हुनेगरी प्रचण्डले पार्टी एकता गरेको आरोप लगाएका छन्। 

बिहीबार (३० भदौ) पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेकपा एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी आफूले कब्जा गर्ने दुराशयका साथ पार्टी एकीकरण गरेको आरोप लगाएका हुन्। 

‘हाम्रो श्रद्धेय अध्यक्ष कमरेडले कम्युनिष्ट पार्टीको एकता गर्ने उद्देश्यले आज भन्दा ४÷५ वर्षअघि नेकपा माओवादीसँग एकता गर्नुभयो,’ ज्ञवालीले भने, ‘हाम्रो पवित्र उद्देश्य थियो, पार्टी एकता गर्ने तर कसै कसैको उद्देश्य के रहेछ भने केपी ओली बिरामी छन्, त्यसपछिको स्थितिमा म कहाँ पार्टी आउँछ र एमाले पार्टी कब्जा गर्छु भन्ने दुराशय बोकेका रहेछन्।’

एमालेका कार्यकर्ताहरु पार्टीले दिएको निर्देशन अनुसार काम गर्न तयार रहेको बताए। 

अघिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टीको एकताका लागि मतपत्र च्यातेर, हडपेर, हराएको कुरा बिर्सिएर लागेपनि आफ्नो त्याग र तपस्यालाई बिर्सिएको गुनासो उनले गरे। ‘अघिल्लो पटक प्रचण्डलाई चितवनमा तपाईहरुले जिताउनुस् भन्ने निर्देशन गर्नुभयो, त्यतिबेला हामीले हामीलाई मतपत्र च्यातेर, हडपेर, हराएको कुरापनि बिर्सियौँ, केवल कम्युनिष्ट पार्टीको विकासका निम्ति कम्युनिष्ट पार्टीका एकताका लागि लाग्यौँ,’ ज्ञवालीले भने। 

नेपाली काँग्रेससँग साँठगाँठ गरी कम्युनिष्ट पार्टीलाई धराशायी बनाउन प्रचण्डपक्ष लागेको भन्दै नेकपा माओवादी केन्द्रलाई पुष्पकमल एण्ड कम्पनीको संज्ञा समेत उनले दिएका थिए। ‘अहिले हाम्रो सधैँको चीर प्रतिपक्ष नेपाली काँग्रेससँग साँठगाँठ गरी कम्युनिष्ट पार्टीलाई धराशायी बनाउन लागेका पुष्पकमल एण्ड कम्पनी लागे,’ ज्ञवालीले भने, ‘हाम्रो चितवनजस्तो पवित्रभूमिमा राजगाज गर्न दिइँदैन्। यो हाम्रो संकल्प हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .