ad ad

राजनीति


संघमा ४८ र प्रदेशमा २३८ दलले बुझाए समानुपातिककाे बन्दसूची, कुन प्रदेशबाट कति? (सूचीसहित)

६८ दलले दिएका थिए निवेदन, ४८ दलबाट छानिन्छन् ११० समानुपातिक सांसद
संघमा ४८ र प्रदेशमा २३८ दलले बुझाए समानुपातिककाे बन्दसूची, कुन प्रदेशबाट कति? (सूचीसहित)

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
असोज ४, २०७९ मंगलबार ८:३०, काठमाडौँ

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ भाग लिने दलहरुले आफ्नो बन्दसूची निर्वाचन आयोगसमक्ष बुझाएका छन्। निर्वाचन आयोगले दिएको समयअनुसार सोमबार (३ असोज) मा दलका प्रतिनिधिहरु आयोग पुगेर बन्दसूची बुझाएका हुन्। 

निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रतिनिधिभसा निर्वाचनका लागि ४८ दलले समानुपातिक सूची बुझाएका छन्। 

समानुपातिकतर्फको निर्वाचमा भाग लिनका लागि ६८ दलले दलले निवेदन दिएका थिए। ती दलहरुमध्येबाट ४८ वटा दलले आयोगमा पुगेर बन्दसूची पेस गरेको वाग्लेले नेपालखबरलाई बताए। ‘प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ ६८ दलले निर्वाचन प्रक्रियामा भाग लिने भनेर निवेदन दिएका थिए, त्यसमध्ये ४८ वटा दलले बन्दसूची बुझाएका छन्,’ वाग्लेले भने।

४८ वटा दलबाट आएका नामबाट ११० जना उम्मेदवारहरु समानुपातिक सांसद बन्नेछन्।

त्यस्तै, प्रदेशसभातर्फ २ सय ३८ दलले बन्दसूची पेस गरेका छन्। सात वटा प्रदेशबाट २ सय ३८ दलले समानुपातिकर्फतको बन्दसूची पेश गरेको वाग्लेले बताए। 

प्रदेश १ मा ३६ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्। प्रदेश १ बाट ५५ वटा दलले समानुपातिकर्फतको निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए। प्रदेश १ मा बन्दसूची बुझाएका ३६ दलबाट ३७ जना समानुपातिक सांसद बन्नेछन्। 

त्यस्तै, मधेश प्रदेशमा पनि ३६ वटै दलले बन्दसूची बुझाएका छन्। मधेशमा ५५ दलले समानुपातिकर्फत निर्वाचनमा भाग लिने भन्दै आयोगमा निवेदन दिएका थिए। मधेश प्रदेशमा बन्दसूची बुझाएका ३६ दलबाट ४३ जना समानुपातिक सांसद बन्नेछन्।

बागमती प्रदेशमा ४० वटा दलले समानुपातिकर्फतको बन्दसूची बुझाएका छन्। यहाँ ५८ वटा दलले समानुपातिकतर्फको निर्वाचनमा भाग लिन निवेदन दिएका थिए। बन्दसूची बुझाएका ४० दलबाट मधेश प्रदेशमा ४४ जना समानुपातिक सांसद बन्नेछन्। 

गण्डकी प्रदेशमा ३१ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्। गण्डकीबाट समानुपातिक निर्वाचनमा भाग लिनका लागि ५२ वटा दलले निवेदन दिएका थिए। बन्दसूची बुझाएका ३१ मध्येबाट गण्डकीमा २४ जना समानुपातिक सांसद बन्नेछन्।

लुम्बिनी प्रदेशमा ३२ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्। यहाँ ५४ वटा दलले समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिएका थिए। बन्दसूची बुझाएका ३२ दलबाट ३५ जना समानुपातिक उम्मेदवार लुम्बिनी प्रदेशबाट छानिनेछन्। 

त्यस्तै, कर्णाली प्रदेशबाट २८ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्। यहाँ ४८ वटा दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन निवेदन दिएका थिए। बन्दसूची बुझाएका २८ दलबाट कर्णालीमा १६ जना समाुनपातिक सांसद बन्नेछन्। 

सुदूरपश्चिम प्रदेशबाट ३४ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्। यहाँ ५० वटा दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि निवेदन दिएका थिए। बन्दसूची पेश भएका ३४ दलबाट २१ जना समानुपातिक सांसद बन्नेछन्। 

समानुपातिक निर्वाचनको बन्दसूची बुझाउन दलहरुले ढिला गर्दा निर्वाचन आयोगका कर्मचारीले रातभरी नै काम गर्नपरेको थियो। आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने बताएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .