ad ad

राजनीति


राष्ट्रपतिविरुद्ध माइतीघरमा नागरिकताविहीन नागरिकको प्रदर्शन

राष्ट्रपतिविरुद्ध माइतीघरमा नागरिकताविहीन नागरिकको प्रदर्शन

नेपालखबर
असोज ५, २०७९ बुधबार १७:२२, काठमाडौँ

नागरिकताविहीन नागरिकले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन सुरु गरेका छन्। 

दुवै सदनबाट दुई पटक पारित नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नागरिकताबिहीन नागरिकले बुधबार बेलुकीबाट माइतीघरमा प्रदर्शन सुरु गरेका हुन्। 

उनीहरुले नागरिकताबिहीन संघर्ष समिति गठन गरेर राष्ट्रपतिबाटै नागरिकता विधेयक शीघ्र प्रमाणीकरण हुनुपर्ने माग अघि सारेका छन्। 

कालो ब्यानर बनाएर संघर्ष समितिले शीतलनिवासलाई बुवा, आमा दुवै नेपाली नागरिकका सन्तान ‘अनागरिक कहिलेसम्म’ र नेपाली आमाका सन्तान अनागरिक कहिलेसम्म भनेर प्रश्न गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .