ad ad

राजनीति


राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा पाँच रिट, पेसी आज

राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा पाँच रिट, पेसी आज

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०७९ शुक्रबार ७:१०, काठमाडौँ

नागरिकता विधेयक प्रमाणीकरण गराउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको पेसी आज (शुक्रबार) का लागि तोकिएको छ। 

संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै अदालतमा छुट्टाछुट्टै रिट परेको थियो। सो रिटको पेसी आजलाई तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए। 

पाँचवटै रिट सर्वोच्च प्रशासनले बिहीबार नै दर्ता गरिसकेको छ। अधिवक्ताहरु सुनिलरञ्जन सिंह, सागर बराललगायतले रिट दायर गरेका हुन्।

राष्ट्रपतिले संसद्बाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आलोचना सुरु भएको छ। सत्ता गठबन्धन निकट संगठनहरु राष्ट्रपतिको विरोधमा उत्रिएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संगठनहरुले राष्ट्रपतिको कदमको प्रंशसा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .