राजनीति


‘लौरो’ माथि चल्यो निर्वाचन आयोगको डण्डा, स्वतन्त्र उम्मेदवारले प्रयोग गर्न नपाउने

हाम्रो नेपाली पार्टीका अनन्त घिमिरेलाई तीन दिनभित्र स्पष्टीकरण दिन आयोगको निर्देशन
‘लौरो’ माथि चल्यो निर्वाचन आयोगको डण्डा, स्वतन्त्र उम्मेदवारले प्रयोग गर्न नपाउने

लौरो चिन्ह पाएका हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे


नेपालखबर
असोज ८ , काठमाडौँ

निर्वाचन आयोगमा अनन्तराज घिमिरेको नेतृत्वमा दर्ता रहेको ‘हाम्रो नेपाली पार्टी’ले स्वतन्त्र उम्मेदवारहरुलाई लौरो चिन्ह बाँड्दै हिँडेको पाइएपछि निर्वाचन आयोगले घिमिरेलाई तीनदिने स्पष्टीकरण सोधेको छ।

आयोगमा दर्ता रहेको घिमिरेको दललाई प्रदान गरिएको चुनाव चिह्न (लौरो) स्वतन्त्र उम्मेदवारहरुको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको भन्दै आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो।

आयोगको स्ष्टीकरणसँगै अब लौरो चिन्ह स्वतन्त्र उम्मदेवारको नरहेको स्पष्ट भएको छ र ‘स्वतन्त्र लौरो अभियान’ को च्याप्टर क्लोज भएको छ।

दललाई प्रदान गरिएको निर्वाचन चिह्न स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्नको समूहमा नरहने र उम्मेदवारहरुलाई प्रदान गर्न नसकिने हुँदा दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिष्पर्धाको सिद्धान्त विपरीत देखिएको आयोगको ठहर छ।

यसले आम जनमानसमा भ्रम तथा अन्यौल सिर्जना गर्ने भएकाले त्यस्ता भ्रामक कुराहरु प्रचार प्रसार नगर्न नगराउन र विभिन्न सामाजिक सञ्जालमा लौरो चिह्न भनी राखिएका सामग्रीसमेत तुरुन्त हटाउन आयोगले घिमिरेलाई निर्देशनसमेत दिएको छ।

साथै सो विषयमा तीन दिन भित्र आयोगमा स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्न पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई आदेश दिएको छ।

अनन्तराज घिमिरेको अध्यक्षमा ‘डमी पार्टी’ खडा गरेर लौरो चिन्ह बुकिङ गरिएको स्वतन्त्र अभिन्यताहरुले बताउँदै आएका थिए।  स्वतन्त्र उम्मेदवारका अभियन्ता एवं काठमाडौं ८ का स्वतन्त्र उम्मदेवार सुमन सायमीले लौरो चिन्ह लिएर चुनाव लड्ने तयारी गरेका थिए। घिमिरेले कतिपय उम्मेदवारहरुलाई लौरो चिन्ह प्रयोग गर्न दिने भन्दै सहमति पत्रमा हस्ताक्षरसमेत गराएका थिए। साथै समानुपातिकतर्फ लौरोमा भोट हाल्ने गरी संघ र प्रदेशमा उम्मेदवारीसमेत मनोनयन गराइसकिएको थियो।

अब निर्वाचन आयोगले घिमिरेलाई स्वतन्त्र अभियन्ताका रुपमा भ्रम नफैलाउन आयोगले निर्देशन दिएपछि स्वतन्त्र उम्मदेवारले लौरो चिन्ह प्रयोग गर्न नपाउने भएका छन्। आयोगको कडाइसँगै अब ‘स्वतन्त्र उम्मेदवारको लौरो अभियान’ को च्याप्टर क्लोज भएको छ।

हेर्नुहोस् आयोगको विज्ञप्ति–

असोज ७, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad