पार्टीकोभित्रको आन्तरिक तालमेल र व्यवस्थापन मिलाउन प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले मुख्य न्यायाधिवत्ता फेरेका छन्।
राजेन्द्रकुमार राईको नेतृत्वमा गठबन्धन सरकार बनेपछि प्रदेश १को मुख्य न्याधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरिएको थियो।
श्रेष्ठको ठाँउमा खोटाङका परिवर्तन राईलाई प्रदेश १ को मुख्य न्याधिवक्ता नियुक्त गरिएको छ। उनले आइतवारै पद तथा गोपनियताको सपथ खुवाइएको छ।
पद बाट हटाइएका श्रेष्ठले आफूले राजीनामा दिएको बताएका छन्।
उनले आफू प्रदेश १ को मुख्य न्यायाधिवक्त्ता हुने बेलामै १६ जना आकांक्षी रहेको बताउँदै तिनैबाट आफू छानिएको बताए।
उनले भने, 'असारसम्मका लागि भनिएको थियो। थप दुई महिना मुख्य न्यायाधित्ता भएपछि राजीनामा दिएँ।'
'के कारणले नयाँ मुख्य न्यायाधिवत्ता नियुक्त गरियो भन्ने मलाई नसोध्नु जसले सिफारीस र नियुक्ति गरेको हो उसैलाई सोध्नु होला', उनले भने।
आफूसँग अहिले पनि मुद्दा रहेको बताउँदै अदालतमै फर्किएर वकालतलाई निरन्तरता दिने पनि बताए।
प्रदेश प्रमुखको कार्यालयले मुख्य मन्त्री राईको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम परिवर्तन राईलाई प्रदेश १ को मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको जनाएको छ।
Shares
प्रतिक्रिया