ad ad

राजनीति


हामी चितवनबाट देशलाई विकासको मोडल देखाइदिन्छौँ : प्रचण्ड

हामी चितवनबाट देशलाई विकासको मोडल देखाइदिन्छौँ : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०७९ आइतबार १३:३०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहजिल्ला चितवनबाट देशलाई नै विकासको मोडल देखाइदिनेबताएका छन्। 

आइतवार भरतपुरमा भएको पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'यो जिल्लाको विकास र समृद्धिका तथा राष्ट्रको समृद्धिको आकांक्षासहित तपाईंहरु माओवादीमा प्रवेश गर्नु भएको छ', उनले भने, 'मलाई यो क्षेत्रको नेताका रुपमा ठूलो जिम्मेवारी दिनु भएको छ। हाम्रो निकै लामो संघर्ष र बलिदानबाट समावेशी र संघीय गणतन्त्र आइसकेको छ। सबैलाई समानता र विकासको तीव्र गतिको चाहिएको छ।'

प्रचण्डले विभिन्न दल र समुदाय मात्रै होइन उद्यमीहरु पनि पार्टीमा प्रवेश गरेको बताउँदै चितवनमा नमुना विकासको प्रयास गरिररहेको  तर्क गरे।

'अझै निकै ठूलो फड्ककोका साथ चितवनले देशलाई विकासको मोडेले देखाउनेछ। तपाईंहरुको योगदान र पहलबाट चितवनको सिंगै विकासलाई गति दिइनेछ', उनले भने, 'सामाजिक न्याया र समानताको उचाई दिने हाम्रो प्रतिवद्धता छ। सबैलाई समृद्धिको नयाँ उचाइमा लैजाने सपना पूरा हुनेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .