ad ad

राजनीति


चितवनको विकासबाट अत्तालिएकाहरू अनेक षडयन्त्र गर्न खोज्दैछन् : रेनु दाहाल

चितवनको विकासबाट अत्तालिएकाहरू अनेक षडयन्त्र गर्न खोज्दैछन् : रेनु दाहाल

नेपालखबर
असोज १४, २०७९ शुक्रबार २२:४७, काठमाडौँ

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवनको विकासबाट अत्तालिएकाहरु अनेकन षडयन्त्र गर्न खोजेको आरोप लगाएकी छिन्। 

परिवर्तन विरोधीहरुले षडयन्त्र गर्न खोजेको भन्दै उनले चितवनवासी जनमुदायलाई होसियार हुन समेत आग्रह गरेकी छिन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी समेत रहेकी मेयर दाहालले भनेकी छिन्, ‘चितवनको बिकास बाट अत्तालिएकाहरू, परिबर्तनका बिरोधीहरू आज अनेक षड्यन्त्र गर्न खोज्दैछन! चितवनबासी जनसमुदायहरू होसीयार!’

चितवन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चुनाव क्षेत्रसमेत हो। प्रचण्डले यसअघि दुईपटक सार्वजनिक रुपमा आफ्नो निर्वाचन क्षेत्र चितवन नै हुने बताएका छन्। यद्यपि पछिल्ला केहीदिन देखि उनको चुनाव क्षेत्र फेरिन सक्ने भन्द्र गोरखाबाट चुनाव लड्नसक्ने चर्चा पनि सुरु भएको छ। 

यद्यपि प्रचण्डले यसबारे केही बोलेका छैनन्। चितवनमा प्रचण्डविरुद्ध ‘एन्टि प्रचण्ड मुभमेन्ट’ चलेको भन्दै माओवादी नेताहरुले नै सुरक्षित ठाउँमा चुनाव लड्न प्रचण्डलाई सुझाएको निकटस्थ नेताहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .