ad ad

राजनीति


द्वारिकलाल चौधरीको माओवादी प्रवेशले राष्ट्रिय अर्थ राखेको छ : प्रचण्ड

द्वारिकलाल चौधरीको माओवादी प्रवेशले राष्ट्रिय अर्थ राखेको छ : प्रचण्ड

तस्बिर : प्रचण्डकाे सचिवालय।


नेपालखबर
असोज १६, २०७९ आइतबार ११:१३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इटहरीका एमाले नेता द्वारिकलाल चौधरीको पार्टी प्रवशेले राष्ट्रिय अर्थ राख्ने बताएका छन्। निजी निवास खुमलटारमा चौधरीलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले चौधरीले गरेका कामहरुका कारण जनतामा उनको विशेष आकर्षण रहेको पनि बताए। 

चौधरीको पार्टी प्रवेशले माओवादी केन्द्रमा विशेष, राजनीतिक, वैचारिक र सांगठानिक अर्थ र महत्व राख्ने प्रचण्डको भनाई छ। 

‘पार्टी प्रवेश त धेरै हुने गरेका छन् तर आजको यो पार्टी प्रवेश विशेष, राजनीतिक वैचारिक र सांगठानिक अर्थ र महत्व छ भन्ने मलाई लाग्छ,’ चौधरीलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘द्वारिक चौधरी इटहरीको बहुचर्चित मेयरको रुपमा उहाँ स्थापित हुनुहुन्छ। उहाँले केही राष्ट्रिय कामहरु क्रान्तिकारी ढंगले गर्ने प्रयास गर्नुभयो त्यो कारणले पनि जनतामा उहाँको विशेष आकर्षण पनि बढ्दै गएकै थियो।’

माओवादी केन्द्रले मात्र अब नेपालमा परिवर्तनको रक्षा गर्न सक्ने देखेपछि चौधरी माओवादीमा आएको प्रचण्डले दाबी गरेका छन्। 

‘त्यस्तो व्यक्तित्व एउटा क्रान्तिकारी पार्टीको खोजी गर्दै अब नेपालमा माओवादी केन्द्रले मात्र परिवर्तनको रक्षा पनि गर्नसक्छ, जनताको हितको पनि प्रतिनिधित्व गर्नसक्छ भनेर आज एमालेको महत्वपूर्ण जिम्मेवारी सुनाइसक्नुभएको व्यक्तित्व माओवादीमा प्रवेश गर्नुको राष्ट्रिय अर्थ छ जस्तो मलाई लाग्छ,’ प्रचण्डले भने, ‘म द्वारिकजीलाई विशेष धन्यवाद पनि भन्न चाहन्छु।’

उनले चौधरीलाई माओवादीमा स्वागत मात्र नभई विशेष सम्मान पनि गरेको सुनाए। ‘तपाईंहरुले विशेष मौकामा नै किनभने प्रदेश र संघको निर्वाचनको संघारमा, देशमा प्रतिगमनले टाउको उठान पटक पटक जमर्को गरिरहेको सन्दर्भलाई तपाईंहरुले चोटिलो प्रहार गर्दै परिवर्तन र क्रान्तिको पक्षमा, वर्ग र जनताको पक्षमा तपाईंले सहि फैसला लिनुभएको छ,’ प्रचण्डले भने, ‘तपाईंलाई माओवादी केन्द्र हार्दिक स्वागत मात्र होइन विशेष सम्मान पनि व्यक्र गर्न चाहन्छ। बाँकी कुराहरु तपाईंको भूमिकालाई अझ दह्रो बनाउने कुरामा पार्टीको तपाईंलाई अझै सहयोग हुने विश्वास दिलाउन चाहन्छु।’

स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरको उम्मेदवार हुन नपाएपछि चौधरी एमालेसँग रुष्ट थिए। इटहरीको मेयर हुँदा उनले दिएका केही अभिव्यक्तिका कारण उनी निकै आलोचित भएका थिए। 

मेयर भएपछि पार्टीको नीति, नियम र निर्देशन नमानेको भन्दै पार्टी र चौधरीबीच दूरी बढेको थियो। उनी केही महिनाअघि भएको एमालेको जिल्ला अधिवेशनमा पनि हारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .