प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीबाट कर्मा छिरिङ शेर्पाको नाम हटाइएको छ।
संशोधित सूचीमा आफ्नो नाम हटाइएको जानकारी शेर्पा आफैंले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
‘म नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारबाट हटेको छु’, शेर्पाले भनेका छन्, ‘मेरो ३७ वर्षदेखिको आस्थाचाहिँ निरन्तर रहनेछ।’
शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष पनि हुन्।
निर्वाचन आयोगले दलहरूलाई समानुपातिक बन्दसूची संशोधन गर्न दिएको समय आज सकिँदै छ। त्यसअघि नेपाली कांग्रेसले पनि आफ्नो सूची सच्याएको हो।
120
Shares
प्रतिक्रिया