ad ad

राजनीति


रुपन्देही ५ मा जिल्लिए खिमलाल, वासु नै एमालेका आधिकारिक उम्मेदवार

रुपन्देही ५ मा जिल्लिए खिमलाल, वासु नै एमालेका आधिकारिक उम्मेदवार

फाइल तस्बिर


सुदीप भण्डारी
असोज २४, २०७९ सोमबार १६:१५, रुपन्देही

रुपन्देही क्षेत्र नम्बर ५ मा निर्वाचन आयोगले वासु घिमिरेलाई नेकपा एमालेको आधिकारिक उम्मेदवार मानेको छ। 

राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर आएका खिमलाल उम्मेदवार बन्नबाट बञ्चितत भएका छन्। 

आइतवार दुवैजनाले पार्टीको मनोनयन पत्र लिएर एमालेको उम्मेद्वारी दर्ता गराएका थिए। 

शनिबार बेलुका टिकट पाएका तिलोत्तमाका पूर्व मेयर तथा एमाले प्रदेश सदस्य बासुदेव घिमिरेले आइतबार दिउँसो साढे ३ बजे उम्मेद्वारी दर्ता गराएका थिए। 

खिमलाल भटराईले पनि केपी शर्मा ओलीले हस्ताक्षर गरेको उम्मेदवार सच्याइएको पत्र लिएर आफ्नो उम्मे्वारी दर्ता गर्न पुगेका थिए। भट्टराईले अपरान्ह पौने ५ बजे उम्मेदवारी दर्ता गरेका थिए। 

एमालेबाट दुवैजनाको उम्मेदवारी परेपछि को आधिकारिक उम्मेदवार भन्ने दुविधा थियो। 

तर पहिले उम्मेदवारी दर्ता गर्ने वासुदेव घिमिरे नै आधिकारिक भएको निष्कर्ष निर्वाचन आयोगले निकालेको हो। 

रुपन्देही ५ का निर्वाचन अधिकृत चिन्तामणि शर्माले एउटा दलबाट एक जनाको उम्मेदवारी सफ्वटवेयरमा प्रवेश भइसकेपछि अर्को दर्ता गर्न नमिल्ने बताए। 

'पहिला जो प्रवेश गरायो त्यसैको हुन्छ', उनले भने, 'अर्को आउनेको सफ्टवयरले लिनै मान्दैन। त्यसैले पहिला आउनेको अटोमेटिक हुने भयो।' 

निर्वाचन अधिकृत शर्माले एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो, उही आधिकारिक हुने निर्वाचन निर्देशिका २०७९ मा व्यवस्था भएको जानकारी दिए। 

'प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) मा एउटा दलबाट एक भन्दा बढीलाई टिकट दिए जो पहिले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अनलाइनमा दर्ता गराउँछ त्यसैलाई कायम गर्ने व्यवस्था छ', उनले भने, 'कानुन बमोजिम सफ्टवेयर बनेको छ, हामीले जति इन्ट्री गर्ने प्रयास गरे पनि हुँदैन।' 

रुपन्देही क्षेत्र नम्बर ५ बाट एमाले उम्मेदवार बन्न खिमलालले लामो समयदेखि तयारी गरेका थिए। 

राष्ट्रिय सभा सदस्यको पदावधि कायमै रहेकाले एमालेले वासुदेव घिमिरेलाई टिकट दिएको थियो। 

अर्को क्षेत्रको नेताले टिकट पाएपछि स्थानीय कार्यकर्ता आक्रोशित भएका थिए। 

खिमलाललाई नै टिकट दिन एमाले नेतृत्वलाई पनि दबाब परेको थियो। आइतबार दिउँसो उम्मेदवारी सच्याइएको एमाले अध्यक्ष केपी शर्मा ओलीको पत्र ल्याए पनि खिमलाल जिल्लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .