ad ad

राजनीति


एमाले कुरामात्रै गर्ने पार्टी हो, हामी काम गर्छौं : डा. प्रकाशशरण महत

एमाले कुरामात्रै गर्ने पार्टी हो, हामी काम गर्छौं : डा. प्रकाशशरण महत

नेपालखबर
कात्तिक ५, २०७९ शनिबार १४:३०, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेलाई कुरामात्रै गर्ने पार्टीका रुपमा टिप्पणी गरेका छन्। काठमाडौंको बत्तिसपुतलीमा शनिबार पत्रकारहरुसँगको अन्तरक्रियामा उनले एमाले कुरामात्रै गर्ने पार्टीका रुपमा टिप्पणी गरे।

कांग्रेसको ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, केन्द्रीय प्रचार–प्रसार समिति’ संयोजकसमेत रहेका महतले भने, ‘नेकपा एमाले कुरामात्र गर्ने पार्टी हो। हामी काम गर्ने पार्टी हौं,’ उनले भने, ‘ओलीजीले समृद्धिको कुरा गर्नुभयो, विकासको कुरा गर्नुभयो, ग्यास पाइपको कुरा गर्नुभयो। केही पूरा गर्नुभएन,’ महतले भने, ‘उहाँहरु कुरा गर्नु हुन्छ। हामी काम गर्छौं।’ अरु कुरा गर्छन्, नेपाली कांग्रेस काम गर्छ।’

केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गतको अनलाइन मिडिया समन्वय तथा प्रचार प्रसार समितिले आसन्न निर्वाचनलाई लक्षित गरेर पत्रकारहरुसँग अन्तरक्रिया गरेको थियो।

अन्तरक्रियामा प्रवक्ता महतले सत्ता गठबन्धनमा रहेका दलहरुले फरक–फरक विचारधारा बोके पनि सीमित मुद्दाहरुमा आफूहरु एक ठाउँमा रहेको बताए। 

‘हाम्रो विचार फरक–फरक छ। तर पनि कतिपय मुद्दामा हामीहरु एक ठाउँमा छौं। कतिपय मुद्दामा उनीहरु हाम्रै विचारमा आएका छन्,’ उनले भने, ‘साझा दृष्टिकोण बनेकै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .