राजनीति


समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी

समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी

नेपालखबर
कात्तिक ५, २०७९ शनिबार १८:३३, काठमाडौँ

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ।

निर्वाचन आयोगका अनुसार तिहारअघि थप ६ जिल्लाको मतपत्र ढुवानी गरिने छ। बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाको मतपत्र भने तिहारपछि मात्र ढुवानी गरिनेछ। हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कूल एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ। यसमध्ये प्रदेशसभाका लागि ७५ लाख २५ हजार र प्रतिनिधिसभातर्फ ७५ लाख ९९ हजार मतपत्र छन्। 

हालसम्म प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोल्पा, प्युठान, दाङ, रुकुमपूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया, नवलपरासी पश्चिमलगायत जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

मतपत्रको पृष्ठभूमि रङ सेतो छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ प्रयोग भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणको रङ रातो मसीको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .