राजनीति


राजतन्त्र समाप्त भएजस्तै यो चुनावपछि एमाले समाप्त हुन्छ : मेटमणि चौधरी

राजतन्त्र समाप्त भएजस्तै यो चुनावपछि एमाले समाप्त हुन्छ : मेटमणि चौधरी

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार ९:८, काठमाडौँ

सहरी विकासमन्त्री मेटमणि चौधरीले आगामी निर्वाचनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई बिदाई गर्ने दाबी गरेका छन्। दाङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका चौधरीले लमही नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। 

जनताको अभिमतको अपमान गर्दै केपी ओलीले जनताले निकै ठूलो बलिदानी गरेर निर्माण गरेको संघीय गणतन्त्र नेपालको संविधानलाई समाप्त पार्न खोजेकाले आगामी चुनावमा एमाले धुलोपिठो हुने उनको भनाई थियो।

‘जब जब मुलुकमा व्यवस्थासँग जोडिएको विषय आउँछ तव तव बाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास छ। एमाले अध्यक्ष ओलीले अहिलेको व्यवस्थाविरुद्ध निरन्तर प्रहार गरेकाले अहिले पनि हाम्रो गठबन्धन बनेको छ। ०६२÷६३ मा हामी एक हुँदा राजतन्त्र समाप्त भए जस्तै २०७९ को चुनावले ओलीको पार्टीलाई बिदाइ गर्नेछ।’ चौधरीले भने। 

गठबन्धन दललाई जिताउने भनेको शान्ति, संविधान, कानुनी राज्य, समावेशी प्रणाली जोगाउने विषय भएको बताउँदै मन्त्री चौधरीले गठबन्धन दलका सबै नेता कार्यकर्ता एउटै मन भएर चुनावमा होमिएको बताए।

‘देश बचाउन, व्यवस्था बचाउन गठबन्धन बनेको कुरा जनताले बुझिसकेका छन्। र जसले यो व्यवस्था समाप्त पार्न खोज्यो उसलाई जनताले चुतावमा समाप्त पार्ने छन्।’ मन्त्री चौधरीले प्रष्ट्याए।

कार्यक्रममा प्रदेश सभाका उम्मेदवार अनुराग खड्का, नेपाली कांग्रेसका जिल्ला सभापति शंकर डाँगी, शंकर गिरी, एकीकृत समाजवादीका केपी गैरे लगायतले मन्तव्य राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .