ad ad

राजनीति


म कांग्रेस कार्यकर्ता हुँ, रुखबाहेक अन्त भोट हाल्दिन भन्न पाइँदैन : माधव नेपाल

म कांग्रेस कार्यकर्ता हुँ, रुखबाहेक अन्त भोट हाल्दिन भन्न पाइँदैन : माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १३:२३, कैलाली

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलका कार्यकर्ता र मतदाताहरुले अरु दललाई मत दिन नहुने बताएका छन्। 

कैलालीको धनगढीमा आयोजित गठबन्धन दलको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई आइतवार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'सत्तारुढ दलका कार्यकर्ताले गठबन्धनलाई मात्रै मत दिनुपर्छ', उनले भने, '‘म कांग्रेस कार्यकर्ता हुँ, रुखबाहेक अरुमा भोट हाल्दिनँ भन्न पाइँदैन।’ 

उनले माओवादी कार्कर्ताले पनि गठबन्धनका दलहरुलाई भोट दिन डराउन नहुने बताएका छन्।  

‘म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिह्नमा मात्रै भोट हाल्छु भन्ने कुरा हुँदैन,’ उनले भने, 'गठबन्धन देश विकासमा लागि बनेको हो। त्यसैले गठबन्धनले जित्नुपर्छ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .