ad ad

राजनीति


स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी आयोगद्वारा खारेज

स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी आयोगद्वारा खारेज

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार १९:२०, काठमाडौँ

निर्वाचन आयोगले ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरिदिएको छ।

डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रुपमा लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पद राजनीतिक नभई सरकारी कोषबाट भत्ता, भ्रमण भत्ता लगायत आर्थिक सुविधा पाउने कार्यकारी सदस्य पदमा बहाल रहेकाले उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ।

‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा ६ सँग सम्बन्धित अनुसूची ६ बमोजिमको स्वघोषणाको घ मा कुनै संघीय कानुनले अयोग्य नभएको र 'च' मा सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको भनी स्वघोषणा गरी सहीछाप समेत गरेकोमा सो आफ्नै स्वघोषणाको प्रतिकूल हुने गरी निज डा. कार्की नेपाल मेडिकल काउन्सिलबाट बैठक भत्ता र भ्रमण भत्ता लिनु खानु गरिरहेको देखिएकोले निजले सार्वजनिक पद धारण नगरेको र लाभको पदमा बहाल नरहेको भन्ने देखिन आएन,’ आयोगको विज्ञप्तिमा भनिएको छ।

तसर्थ प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय ङ मा भएको कानुनी व्यवस्था बमोजिम उनको उम्मेदवार हुने योग्यता नपुगेको निष्कर्ष आयोगले निकालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .