ad ad

राजनीति


चुनाव प्रचारका क्रममा अस्वस्थ भएपछि शशांक कोइराला अस्पताल भर्ना

चुनाव प्रचारका क्रममा अस्वस्थ भएपछि शशांक कोइराला अस्पताल भर्ना

फाइल फोटाे


नेपालखबर
कात्तिक १३, २०७९ आइतबार २०:२४, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (सुस्ता–बर्दघाट पूर्व) क्षेत्र नं १ बाट उम्मेदवार रहेका उनलाई रिङ्गटा लागेपछि अस्पताल भर्ना भएका हुन्।

उनको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ।

अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उनी अस्वस्थ भएका हुन्। अस्पतालका आवासीय निर्देशक डा. मनोहर प्रधानले कोइरालाको दिमाख  (ब्रेन) मा रक्तप्रवाह कम भएको बताए।

चिकित्सकीय भाषामा यसलाई टिआईए भनिन्छ। आत्तिनुपर्ने अवस्था नभएको भन्दै प्रधानले अन्य परीक्षण जारी रहेको जानकारी दिए।

अस्पतालको आकस्मिक कक्षसँगै रहेको ‘अब्जर्भेसन’ कक्षमा कोइरालालाई राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .