राजनीति


राप्रपाको योजना : २०४६ यताका उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने

राप्रपाको योजना : २०४६ यताका उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार ११:५१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ को चुनावका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंमा आइतवार सार्वजनिक गरेको घोषणा पत्रमा भ्रष्टाचारविरुद्ध कठोर हुने हुने उल्लेख गरेका छन्। 

त्यसैगरी राप्रपाले तत्कालीन राजा वीरेन्द्र शाहले अघि सारेको नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने पनि प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ।

त्यसैगरी राप्रपाले २०४६ यता सत्ता र शक्तिमा आएका नेताहरुको सम्पत्ति पनि छानबिन गर्ने प्रतिवद्धता राप्रपाले गरेको छ।

त्यसका लागि उच्चतरीय नागरिक आयोग गठन गरिने जनाइएको छ। '२०४६ पछिका उच्चपदस्थ नेता तथा कमर्णाचारीहरुको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफतको कानूनी व्यवस्था गर्ने', राप्रपाले भनेको छ, 'भ्रष्टाचारमुक्त, जवाफदेही तथा पारदशर्शी शासन पद्धति व्यवहारमा लागु गर्ने।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .