ad ad

राजनीति


गृहजिल्ला पुगेर देउवाको घोषणा : यो गठबन्धन अझै १०/१५ वर्ष जारी रहन्छ

चार लेनको सडकदेखि विमानस्थलसम्म बनाउने वाचा
गृहजिल्ला पुगेर देउवाको घोषणा : यो गठबन्धन अझै १०/१५ वर्ष जारी रहन्छ

डडेल्धुराको चुनावी सभामा देउवा। तस्बिर : देउवाको सचिवालय


गोकुल जोशी
कात्तिक १७, २०७९ बिहिबार १८:२७, कञ्चनपुर

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिमा स्थायी शत्रु र मित्र कोही नहुने बताएका छन्। 

मंसिर ४ मा हुन लागेको चुनावी आमसभालाई सम्बोधन गर्न गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले यस्तो बताएका हुन।

‘राजनीतिमा स्थायी शत्रु पनि हुँदैन र मित्र हुँदैन, अहिले मिलेर बस्नु पर्ने आवश्यकता छ,’ उनले भने। 

पाँच दलीय गठबन्धन १०/१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको उनले उल्लेख गरे। 

‘गठबन्धन आवश्यक भइसकेको छ, गठबन्धनलाई जिताएर १०/१५ वर्ष स्थिर सरकार बनाएर देशलाई अगाडि बढाउनु पर्छ,’ उनले भने, ‘केही वर्षसम्म सँगै काम गर्ने, सँगै जाने लोक संस्कृतिको, पद्धतिको विकास गर्न जरुरी छ, त्यसमा हामी लागेका छौँ।’

देउवाले समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले पनि गठबन्धनको राजनीतिले निरन्तरता पाउनुपर्ने बताए।

राजनैतिक पद्धति र विकासलाई संस्थागत रुपमा विकास गर्न पनि गठबन्धन आवश्यक भएको प्रधानमन्त्री देउवाको भनाइ थियो।

संविधान रक्षाका लागि फरक फरक सिद्धान्त भएका पार्टीलाई सम्मान गर्दै मिलेर जानु पर्ने अवस्था आएको उनले बताए। 

‘हाम्रो जस्तो संविधान धेरै कम देशमा होला, उत्तम संविधान छ, ओलीजीले च्यात्न खोजेपछि एक भएर संविधान, संघीयता लोकतन्त्र, गणतन्त्र बचाएका छौँ,’ उनले भने, ‘गठबन्धनको संस्कृति नेपालमा सुरुवात भएको छ, गणतन्त्र बचाउन, सृदृढीकरण गर्न गठबन्धनको जित आवश्यक छ।’

चुनावी सभामा देउवाले सुदूरपश्चिमको पर्यटन विकासका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन मतदातालाई दिए । 

‘भारतीय पर्यटकलाई लक्षित गरी सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय क्षेत्र विकास मेरो पहिलो प्राथमिकता हुनेछ,’ उनले मतदाता फकाउँदै भने।  

देउवाले गठबन्धनले जितेपछि राजनीतिले स्थायित्व पाएर विकास पनि सम्भव हुने भएकाले सहयोग गर्न मतदातालाई आग्रह गरेका थिए ।

धनगढीबाट चारलेनको सडक निर्माण गर्न सकिए डडेल्धुरा पर्यटकीय क्षेत्र हुने उनले बताए। 

डडेल्धुरा बजारको सडक फराकिलो बनाउनका लागि मुअब्जा आइसकेको देउवाको भनाइ छ।

मेडिकल कलेज निर्माणको काम अगाडि बढेको बताउँदै उनले पुइलेकमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने उनले प्रतिवद्धता जनाए। 

पश्चिम सेती जलविद्युत् आयोजनाका लागि सम्झौता भएको बताउँदै उनले त्यो बने धेरैले रोजगारी पाउने उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .