राजनीति


बालबालिकालाई प्रचारमा प्रयोग गरेको भन्दै महन्थ ठाकुरलाई आयोगले सोध्यो स्पष्टीकरण

बालबालिकालाई प्रचारमा प्रयोग गरेको भन्दै महन्थ ठाकुरलाई आयोगले सोध्यो स्पष्टीकरण

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार ८:१९, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। महोत्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार रहेका ठाकुरले बालबालिकालाई चुनावी प्रचारमा सहभागी गराएको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। 

स्पष्टीकरण पत्रमा ठाकुरले बालबालिकालाई आफ्नो निर्वाचन चिन्ह अंकित पम्प्लेट लिई वितरण गर्न हिडिरहेको देखिने सामग्री संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको आयोगले जनाएको छ। 

स्पष्टीकरण पत्रमा ठाकुरलाई कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा आ–आफ्नो जिल्ला निर्वाचन कार्यलयमा प्राप्त हुनेगरी स्पष्टीकरण जवाफ पेश गर्न निर्देशन दिइएको छ।

बस्नेतलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यलय दाङमा प्राप्त हुनेगरी जवाफ पेश गर्न निर्देशन दिइएको छ।

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट)लाई उल्लेख गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ’ आयोगले भनेको छ, ‘तपाईंले बालबालिकाहरू जम्मा गरी आफ्नो निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल रहेको देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad