राजनीति


जुम्ला पुगेर प्रचण्डले भने–गिरिजाप्रसादलाई भेटेदेखि नै जय नेपाल भन्न सुरू गरेँ

एकअर्काको चुनाव चिह्नमा भोट हाल्न निर्देशन
जुम्ला पुगेर प्रचण्डले भने–गिरिजाप्रसादलाई भेटेदेखि नै जय नेपाल भन्न सुरू गरेँ

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १४:१५, सुर्खेत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफूले जय नेपाल भन्दै आएको शव्दको रहस्य खुलाएका छन्। 

मंगलबार जुम्ला जिल्लामा भएको वाम–लोकतान्त्रिम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेदेखि नै जयनेपाल भन्न सुरू गरेको बताएका हुन्।

‘गिरिजाप्रसाद कोइरालाले एकतर्फ लालसलाम भन्नु भएको थियो। अर्कोतर्फ मैले गिरजाप्रसाद कोइरालालाई जय नेपाल भनेको थिएँ। त्यहीबाँट सुरू भएको थियो लालसलाम र जयनेपालको मित्रता', उनले भने, 'अनि जतिबेला हामीले हस्ताअक्षर गरौँ, विस्तृत शान्ति सम्झौतामा, त्यसको अर्थ के थियो भने गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाउनु भएको थियो। मैले माओवादी अध्यक्षको हैसियतले कांग्रेसको रुख चिह्नमा छाप लगाएको थिएँ। नेपालमा एक युगान्तकारी परिर्वतन सम्भव भएको थियो।’

प्रचण्डले चुनावी सम्बोधन गर्दा सुरुमै जुम्लाका नेता–कर्यकर्तालाई आफूले जय नेपाल भन्दै आएकोबारे स्पष्ट पारे।

उनले कार्यक्रममा सहभागी पाँच दल गठबन्धनका सबै नेताहरुलाई ऐतिहासिक सन्दर्भलाई सबैले विचार गर्न र यदि विस्तृत शान्ति सम्झौतामार्फत, संविधानसभामार्फत संघीय लोकतान्त्रीक गणतन्त्र र शान्तिको युगको सुरुवात भएको कुरा महान् भएको ठान्नु पर्ने बताए।

प्रचण्डले कुनै पनि दलले रुख, हँसिया हथौडा र कलममा मत हाल्न कुनै द्विविधा राख्न नहुने बताए। उनले दृढताका साथ अगाडि बढ्न एकजुट हुन जुम्लामा गठबन्धन दलका तथा नेता–कार्यकर्तालाई आग्रह गरे। 

दाहालले संविधान सभाबाट संविधान घोषणा भएपछि सबै उत्पीडित, वर्ग, जाती, क्षेत्र, समुदायले पनि समावेशी समानुपातिक मान्यतासहितको अधिकार प्राप्त गरेका बताए। 

उनले २०७४ मा आफ्नै प्रस्तावमा वाम गठबन्धन बनाए पनि टिकाउन नसकिएको पनि बताएका छन्। 

‘त्यतिबेला देशलाई आर्थिक र विकासका रुपमा अगाडि बढाउन सकिन्छ कि भनेर वाम गठबन्धन गर्न आफैले प्रस्ता राखेको थिएँ। झण्डै दुईतिहाइको सरकार हामीले बनायौँ', उनले भने, 'त्यो पार्टी तीन वर्षपनि चल्न सकेन। ७० वर्ष लडेर नेपाली जनताले बनाएको संविधानलाई नै च्याप्ने दुस्साहस कम्युनिष्ट पार्टीको नेताबाट नै भयो।’

प्रचण्डले त्यस्तो कदमविरुद्ध संघर्ष गर्नु पर्ने आवश्यकता भएकोले यो गठबन्धन बनेको बताए। उनले मंसिर ४ गते हुने निर्वाचनमा  दुईवटा विचार, दुईवटा प्रविधि, दुईवटा संस्कृति र दुईवटा गठबन्धन आमनेसामने भएका तर्क गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .