राजनीति


मैले सरकार ढालिदिएपछि केपी ओली बर्बराउँदै हिँड्न थाले : माधव नेपाल

मैले सरकार ढालिदिएपछि केपी ओली बर्बराउँदै हिँड्न थाले : माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार ११:५९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको बताएका छन्। 

बिहीवार विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गदै उनले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको बताए। 

उनले केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले चुनौती दिएर सरकार ढालेको बताए। 
उनले सरकार ढलेपछि अहिले ओली उत्पट्याङ कुरा गरिरहेका भन्दै उनका उत्पट्याङ कुराहरुको संकलन गर्नुपर्ने बेला भएको बताए। 

अध्यक्ष नेपालले अध्यक्ष ओलीले झुटा आक्रोश र बदला पोखिरहेको बताए। उनले अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गर्नुपरेको बताए। 

अध्यक्ष नेपालले नेकपा एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै एमालेको आम्दानीको श्रोत भनेको भ्रष्टाचार र लुट रहेको बताए।

‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्‍यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौँ। टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन्। यो त संकलन गर्नुपर्छ। केके बोले अहिलेसम्म', उनले भने, 'झुटा, उनका कुराहरु भनेको आक्रोश, बदलाको भावना हो। उनको अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति, पार्टी, राज्य भन्दा आफूलाई माथि ठान्ने प्रवृत्ति, पहिला पनि तानाशाहीमा यो प्रवृत्ति थियो। त्यही प्रवृत्तिका वाहक ओली बन्न पुगे। आज उनले चुनावमा गरिरहेको खर्च हेर्नत, अर्बौं अर्ब कहाँबाट ल्याए, उनको पार्टीमा पैसा फल्ने रुख छ ? आम्दानीको श्रोत के हो ? लुट र भ्रष्टाचार हो। अहिलेको निर्वाचनमा पैसाको खोलो बगाएका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .