राजनीति


गठबन्धन सरकारले देश दुर्घटना हुनबाट बचायो : मन्त्री पौडेल

गठबन्धन सरकारले देश दुर्घटना हुनबाट बचायो : मन्त्री पौडेल

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार २०:५१, बागलुङ

शिक्षामन्त्री देवेन्द्र पौडेलले देशलाई दुर्घटनाबाट बचाउन वाम लोकतान्त्रिक गठबन्धन भएको बताएका छन्।

शुक्रबार ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा आयोजित घरदैलो अभियान तथा कोण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेकपा एमालेका अध्यक्ष राजावादी तत्वसँग लागेर देशमा बहुदलीय व्यवस्था, जनताको बलीदानीबाट प्राप्त उपलब्धी मास्न लागेको आरोप लगाए।

‘नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफनो स्वार्थमा संविधान मिचेर दुई तिहाइको सरकारलाई थिचोमिचो पारेर पश्चगमनको दिशा रोज्ने काम गर्नुभयो,’ उनले भने, ‘अहिले गठबन्धनको सरकारले देश दुर्घटना हुनबाट बचाएको छ।’

उनले बागलुङका ६ वटै सिट गठबन्धनको पक्षमा रहेको भन्दै औपचारिक नतिजाका लागि निर्वाचन मिति कुर्नुपर्ने बताए।

मध्यपहाडी लोकमार्ग निर्माण पुरा नभएको ठाउँमा कालोपत्रेका लागी पहल, केन्द्रीय विद्युत प्रसारण लाइन गाउँगाउँमा पुर्याउने, शिक्षा, सडक, स्वास्थ्य लगायत धेरै विकास निर्माण मध्यकेही काम भइसकेको र अबको पाँच वर्षमा मध्यपहाडी लोकमार्ग सडक कालोपत्रे, सालझण्डी ढोरपाटन सडक खण्ड कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ गठबन्धनका उम्मेदवार दोर्ण कुमार कुँवरले जनताको समस्यामा आफू पाँच वर्षमा सारथी बनेर उभिने प्रतिबद्धता व्यक्त गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .