ad ad

राजनीति


मलाई मतदाताले सरकारको ‘नम्बर वान’ बनेको हेर्न चाहेका छन् : प्रकाशमान सिंह

मलाई मतदाताले सरकारको ‘नम्बर वान’ बनेको हेर्न चाहेका छन् : प्रकाशमान सिंह

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १०:३१, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का मतदाताले आफूलाई सरकारको ‘नम्बर वान’ बनेको हेर्न चाहेको बताएका छन्।

सोमबार बिहान काठमाडौं महानगरपालिकाको वडा नं. २९ को घरदैलो कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले सो कुरा बताएका हुन्। 

‘यो क्षेत्रका जनताले मलाई सरकारको नम्वर वान म्यान बनेको हेर्ने चाहना छ भनेका छन्,’ सिंहले भने।

जनताको चाहना पूरा गर्न आफू प्रयासरत रहेको पनि उनको भनाई छ। आफूले क्षेत्र नं. १ मा धेरै विकासका काम गरेको भन्दै उनले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने बताएका छन्।

अहिलेको अर्थतन्त्रको संकट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायीत्व रहने भन्दै उनले त्यसका लागि आफूले पहल गर्ने बताए।

विगतमा राजनीतिक अस्थीरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै उनले अब आफ्नो सम्पूर्ण ध्यान स्थायीत्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए।

मुलुक विशिष्ट परिस्थितिबाट गुज्रिरहेको भन्दै उनले अग्रगमनको पक्षमा कि प्रतिगमनको पक्षमा मत दिने भनेर विचार पुर्याउन आह्वान समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .