ad ad

राजनीति


कर्णाली प्रदेशमा मतगणना सोमबार बिहानदेखि थालिने

कर्णाली प्रदेशमा मतगणना सोमबार बिहानदेखि थालिने

डोल्पाको मुड्केचुला गाउँपालिका-८ स्थित मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी मतपेटिका संकलन गर्दै। तस्बिर : नेपालखबर


दिनेश बुढा
मंसिर ४, २०७९ आइतबार १९:२३, सुर्खेत

कर्णाली प्रदेशका १० जिल्लामा सोमबार बिहानदेखि मात्रै मतदान हुने भएको छ।

मतपेटिका ढुवानीमा समय लाग्ने भएपछि सबै जिल्लाको मतदान भोलि बिहानदेखि मात्रै थाल्ने तयारी गरिएको हो। 

रातभर मतपेटिका ढुवानी गर्न लाग्ने भएपछि गणना सोमबारदेखि मात्रै हुने प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जनाकारी दिए।

कर्णालीका १० जिल्लमा मुगु, हुम्लामा केही विवाद भएपनि उक्त विवाद समाधानपछि मतदान अघि बढेको थियो। 

केही मतदान केन्द्रमा छिटपुट घटना बाहेक शान्तिपूर्ण मतदान सम्पन्न भएको निर्वाचन आयोगको कर्णाली प्रदेशको कार्यालयले जनाएको छ।

कर्णालीअन्तर्गत दैलेखमा ६० प्रतिशत, हुम्लामा ६२ प्रतिशत, मुगुमा ६६ प्रतिशत, डोल्पामा ६५ प्रतिशत, जाजरकोटमा ५६ प्रतिशत, सल्यानमा ५२ प्रतिशत र रुकुम पश्चिममा ५० प्रतिशत र सुर्खेतमा ६० प्रतिशत भन्दा बढी मत खसेको छ। 

प्रारम्भिक जानकारी अनुसार प्रदेश भर करिब ६० प्रतिशत आएको निर्वाचन अधिकारी चालिसेले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .