राजनीति


गोरखा–२ मा प्रचण्ड ९ हजार बढी मतान्तरले अगाडि

गोरखा–२ मा प्रचण्ड ९ हजार बढी मतान्तरले अगाडि

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ४:१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तर बनाएका छन्। गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका प्रचण्डले १२ हजार ८ सय ४४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। 

पछिल्लो मतपरिणाम अनुसार प्रचण्डका प्रतिस्पर्धी निकै पछाडि रहेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ३ हजार ६ सय ६० मत प्राप्त गरेको आयोगले उल्लेख गरेको छ। उनीहरुबीच ९ हजार १ सय ८४ मतको अन्तर रहेको छ।

त्यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवार तेस्रो स्थानमा छन्। एमाले उम्मेदवारअब्दुस सलाम मियाले ३ हजार १ सय ३२ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .