नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन परिणामबाट देश अफ्ठ्यारो दिशातिर जान सक्ने संकेत गरेका छन्।
गोरखा सदरमुकामममा शुक्रबार आयोजित कोणसभालाई सम्बोधनका क्रममा उनलले यस्तो बताएका हुन्।
'म कसैलाई दोष र आरोप लगाउँदिन। तर हामीले अहिलेको राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्ने बेला भएको छ', उनले अहिलेको निर्वाचन परिणामले भविष्यमा आउने सक्ने परिणामतिर संकेत गर्दै भने, 'म मेरो ठाउँबाट आत्मसमीक्षा गर्न तयार छु, मेरो पार्टीमा पनि आत्मसमीक्षा हुनेछ।'
तर उनले अहिले नै बर्बाद भइसक्यो भन्ने अवस्था नरहेको उल्लेख गरे।
'अहिले नै सबै बर्बाद भयो भन्ने छैन। अब नेताहरुले जनतालाई हेरेर कार्यक्रम नल्याए देश अफ्ठ्यारोमा पर्न सक्छ', उनले भने, 'देश झन् ठूलो भूमरीमा पर्ने स्थिति हो भने त्यो स्वीकार्य हुने विषय होइन। अहिलेका उपलब्धी उल्ट्याउन दिइने छैन। केही समय पहिले झन्डै दुर्घटनामा जाने हो कि भन्ने आशंका पैदा भयो। हामीले टारेका थियौँ।'
Shares
प्रतिक्रिया